ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बसे हुन्छ : नेता नेपाल

 मंसिर २४, २०७८ शुक्रबार १६:२७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको टिप्पणी गर्नुभएको छ । साथै उहाँले नेपालमा पुनः राजतन्त्र फर्कन नसक्ने दाबीसमेत गर्नुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘म सङ्केत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्त्वहरूलाई भन्न चाहन्छु । फेरि शिर उठाउने दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरून् । नेपाली नागरिक फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रूपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने राजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली नागरिकले गर्न सक्दछौँ ।’

उहाँले नेपाली नागरिकले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया