शेयर बजार सामान्य बढ्यो, ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताउनुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रचण्डले एक–अर्कामा हातेमालो गर्दै अगाडि बढेको र यो संस्कार आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले एक्लै हिँड्ने अहङ्कार नगर्न पनि शीर्ष दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘यो परिवर्तनलाई संस्थागत गर्ने र देशलाई अग्रगति दिने सन्दर्भमा पनि हाम्रो बीचमा गहिरो एकता हुन जरुरी छ । कहिलेकाहीँ म सुन्छु पार्टी र साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । एक्लै हिँड्नुपर्छ हामीहरू भन्नुहुन्छ । होइन, हामी एक्लै हिँड्ने कुरा अहङ्कार कसैले पनि नगरौँ । हामी मिलेरै हिँड्ने हो । हामीले राजनीतिक प्रतिस्पर्धा गरे पनि त्यो प्रतिस्पर्धाभित्र पनि हामीले एकता खोजी राख्नैपर्ने हुन्छ । र अहिले हामी जे सफलता भनेका छौँ, एकताबाट, गठबन्धनबाट प्राप्त भएको सफलता हो । २०४६ सालको आन्दोलनको सफलता, शान्ति सम्झौताको सफलता, या २०६२/०६३ को सफलता सबै लोकतान्त्रिक राजनीतिक दलहरूको बीचमा भएको एकताको परिणाम हो । त्यस कारण एक्लै हिँड्ने अहङ्कार गर्न खोज्दा ओरालो यात्रा सुरु भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ ।’
देशमा राजनीतिक परिर्वतन निरन्तर हुँदै आएको र यो परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेस, माओवादीलगायतका दलबीच एकता आवश्यक रहेकाे उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।