साढे चार सय किलोभन्दा धेरै रक्तचन्दनसहित काठमाण्डौमा २ जना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई कांग्रेसले साथ छोड्ला भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई कटाक्ष गर्दै कांग्रेसले हात समात्न छोड्छ कि भनेर डराइरहेको टिप्पणी गर्नुभयो । केन्द्रका अध्यक्ष प्रचण्डले सँगसँगै जानुपर्छ भन्नुका पछाडि डर नै मुख्य रहेको ओलीको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘केही साना दललाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने पिर छ । सधैँ सुन्छु– सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि, देश बनाउन सँगै जाने हो ? देश बनाउनसँगै जाने कुरामा नेकपा एमाले नेपाली कांग्रेसको साथमै छ । नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अघि बढ्नुपर्छ । नेपाली कांग्रेस सबैलाई साथ लिएर अगाढि चलोस्, मेरो कुनै आपत्ति छैन । तर नेपाली कांग्रेस अरूका नीतिका पछाडि होइन, आफ्ना नीतिमा चलोस् । आफ्ना नीतिमा अरूलाई हिँडाओस् । शेरबहादुरजी प्रधानमन्त्री मात्रै होइन, सरकारको नेता हुनुहोस् भन्ने मेरो शुभकामना छ ।’
एमाले अध्यक्ष ओलीले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, देशको समृद्धि र विकासका लागि आफ्नो पार्टी नेपाली कांग्रेसलाई साथ दिन सधैँ तयार रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।