शेखर समूहको उम्मेदवारी दर्ता : महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापा

 मंसिर २५, २०७८ शनिबार १६:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहले उम्मेदवारी दर्ता गरेको छ । याे समूहले राष्ट्रिय सभागृहमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

शेखर कोइराला समूहमा उप-सभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै महामन्त्रीमा मीनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिनुभएको निर्वाचन समितिले जनाएको छ ।

सहमहामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दिनुभएको छ ।  चालिसे खसआर्यबाट, लामा जनजाति, पन्त महिला, यादव मधेसी, चौधरी थारु समुदायबाट र मियाँ मुस्लिम समुदायबाट उम्मेदवार बनेका हुन् ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया