सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताउनुभएको छ ।
आज सोमवार नयाँ बानेश्वरमा रहेकाे सङ्घीय संसद् भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि मङ्गलवारदेखि सुरु हुने हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताउनुभयो । उहाँले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताउनुभयो । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने पनि उहाँले बताउनुभयो ।
सभामुख सापकाेटाले भन्नुभयो, ‘मुख्यतः सदन भनेपछि पार्टीहरूकै भूमिका निर्णायक हुन्छ । सभामुखको भूमिका भनेको त समन्वय गर्ने, सहजीकरण गर्ने अर्थात् खेलको अम्पायर जस्तो पनि हो सभामुख । जतिबेला खेल सुरु हुन्छ त्यतिबेर सभामुखको भूमिका देखिँदै जान्छ । हामीले आफूले गर्नुपर्ने तयारी गरेका छौँ । संविधानले, नियमले, कानुनले निर्दिष्ट गरेको भोलि नै गर्नुपर्ने कतिपय कुराहरू भोलि नै हुन्छ । अरू त क्रमशः छलफल गर्दै, समन्वय गर्दै, सहजीकरण गर्दै जाने कुरा हो । मेरो तर्फबाट सोचेको, कार्यव्यवस्थामा पनि छलफल गर्ने, संसद् चलाऔँ भनेर उहाँहरूसित छलफल गर्ने र फेरि पार्टीहरूसँग छलफल गर्ने, आवश्यकताअनुसार फेरि सर्वदलीय बैठक गर्ने, मेरो भूमिका त त्यही होला जस्तो लाग्छ ।’
सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेन्डा रहेको उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले एमालेले विगतमा गरेको संसद् अवरोध संविधान र नियमसम्मत नभएको बताउनुभयो । उहाँले आफूले नेपालको संविधान र प्रतिनिधि सभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताउनुभयो ।
भोलिदेखि संसद् अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वर पुगेर संसद् सचिवालयको तयारीको अवलोकन गर्नुभएको छ । संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसद र कर्मचारीहरूकाे एन्टिजेन परीक्षण भइरहेको पनि जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।