साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्नुभएको छ । आज सोमवार लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीकाे भर्खरै भएको महाधिवेशनमा हस्तक्षेप भएकाे भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले पत्रमा लेख्नुभएकाे छ, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न निष्पक्ष समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।’
नेता थापाले आफू पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिबद्ध रहेकाे र पार्टीमा आफ्नाे रगत, पसिना बगेकाे बताउनुभएकाे छ । यस्तै उहाँले आफूलाई पार्टीकाे धेरै माया रहेकाे र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेकाे पत्रमा लेख्नुभएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।