साढे चार सय किलोभन्दा धेरै रक्तचन्दनसहित काठमाण्डौमा २ जना पक्राउ
माघ २, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेस सभापतिको मतगणना सुरु भएको छ । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो ।
राति अबेर मतदान सकेपछि अघि बिहानैदेखि मतगणना सुरु भएको छ । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । ती तीनवटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर मतगणना सुरु गरिएको छ । प्रारम्भिक दुई सय ५० मत गन्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १ सय ३२, शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत प्राप्त गर्नुभएको छ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ । समितिका अनुसार मङ्गलवार बिहानसम्म सभापतिको मतगणना सम्पन्न हुनेछ ।
सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की सोमवार मध्यरातमै पार्टी कार्यालय सानेपा लगिएको छ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।