कांग्रेस सभापतिको मतगणना अपडेट : १ हजार मत गन्दा देउवालाई ४ सय ७३

 मंसिर २८, २०७८ मंगलबार ६:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म एक हजार मतगणना भएकाे छ ।

एक हजार मत गनिसक्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ४ सय ७३ मत पाउनु भएकाे छ  ।

देउवालाई पछ्याइरहनु भएका डा.शेखर कोइरालाको ३ सय ७६ मत छ। यस्तै, प्रकाशमान सिंहले ९१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ४९ र कल्याण गुरुङले ३ मत मात्र प्राप्त गर्नुभएकाे छ। 

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । सभापतिमा जित्न २ हजार ३ सय ४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ । 

कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । अहिले ती तीन वटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर  मतगणना भइरहेकाे छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया