आधा मतगणना सकिँदा कसैको पनि ५० प्रतिशत पुगेन

 मंसिर २८, २०७८ मंगलबार ७:३०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा आधा मतगणना सकिएको छ ।

४ हजार ६७९ मत खसेकोमा अहिलेसम्म २ हजार ६ सयभन्दा धेरै मतगणना भएको हो ।

सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत ल्याउनुभएको छ । शेखर कोइरालाले ९८० मत पाउनुभएको छ । प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १६२ र कल्याण गुरुङले १२ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया