दैनिक एक गिलास दूध पिउँदा आन्द्राको क्यान्सरको जोखिम कम हुने ...
माघ २, २०८१ बुधबार
काठमाण्डाै - कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावमा सभापतिको मतगणना भइरहेको छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ । अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । अब १४ सय ९८ मत गन्न बाँकी छ ।
सभापतिका उम्मेदवार देउवाले १५०६ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा. शेखर कोइरालाले ११ सय ७८ र प्रकाशमान सिंहले २ सय ५४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै विमलेन्द्र निधिले १ सय ७३ मत प्राप्त गर्दा कल्याण गुरुङले १५ मत मात्र प्राप्त गर्नु भएको छ ।
कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा छ । अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । ४ हजार ६७९ मत खसेकोमा विजयी हुन २ हजार ३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
कांग्रेस निर्वाचन समितिका अनुसार आजै बिहानसम्ममा सभापतिको मतगणना सकिनेछ । राति अबेर मतदान सकेपछि आज बिहानैदेखि मतगणना थालिएको हो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ ।
सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की गएराति नै पार्टी कार्यालय सानेपा लगिएको छ । १४औँ महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।