आधाभन्दा बढी मत गन्दा देउवाको अग्रता बढ्दै

 मंसिर २८, २०७८ बुधबार १:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको चुनावको मतगणना चलिरहेको छ । आधाभन्दा धेरै मतगणना हुँदा शेरबहादुर देउवाले अग्रता बढाउनुभएको छ । उहाँको जित सुनिश्चितजस्तै देखिन्छ ।

३ हजार मत गणना सकिँदा देउवाले १ हजार ७८८ मत पाउनुभएको छ भने शेखर कोइरालाले  १ हजार १८४ मत पाउनुभएको छ ।

 दोस्रो चरणको मतदानमा ४ हजार ५६२ महाधिवेशन प्रतिनिधिले मत हालेका छन् ।  दोस्रो चरणमा सभापतिमा निर्वाचित हुन खसेको कुल मतको बहुमत अर्थात २ हजार २८२ मत चाहिन्छ ।

पहिलो चरणमा कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । तर पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेन ।

सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २५८ र शेखरले १ हजार ७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेसको विधानअनुसार दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Maujelal

    Dec. 15, 2021, 1:55 a.m.

    अब नेपाली कांग्रेस वर्वाद नै हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया