चौथाे नेपाल युवा विज्ञान सम्मेलन पुस ३ गतेदेखि

 मंसिर २९, २०७८ बुधबार ८:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथाे नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ब्रिङ बेस्ट ब्रेन मुख्य थिमसहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ ।

दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रुपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत भर्चुअल सहभागिता रहनेछ ।

सम्मेलनमा विभिन्न समूहमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । सम्मेलनमा सहभागीहरूमध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिशनको लागि छनौट गरिनेछ । सम्मेलनले कृषि, वन, पशुपन्क्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेशन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणीय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू  समेट्ने छ ।

कार्यक्रममा सहभागिताको लागि ०१–४४२३७३६ मा फोन गरेर वा [email protected] मा मेल गरेर थप जानकारी लिइ आफ्नो नाम दर्ता गराउन सकिन्छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया