अब कांग्रेसकाे अनुहार कस्ताे हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हाे : डा. रिजाल

 मंसिर २९, २०७८ बुधबार २०:३२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो । 

उहाँले अब कांग्रेसको अनुहार कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री रिजालले डा. कोइरालाको टिमबाट कांग्रेसमा सङ्ख्यामा भाग नखोज्ने बरु विचारमा प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

मन्त्री रिजालले भन्नुभयो, ‘आउने दिनमा कांग्रेस सञ्चालन गर्दा विचार गहिरो र प्रष्ट रूपमा हुनुपर्छ । निर्वाचनको जित र हार महत्त्वपूर्ण होइन, कांग्रेसको अनुहार कस्तो हुन्छ त्यो महत्त्वपूर्ण कुरा हो । ठिक बाटोमा हिँड्ने कांग्रेस बनाउँछौँ । हामी सङ्ख्यामा भाग खोज्दैनौँ । विचारमा प्रतिनिधित्व हुनुपर्छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु । जिम्मेवारीका साथै परिवर्तनको कांग्रेस देखिनुपर्छ । तपाईँलाई जिम्मेवारीको बोझ थपिएकाे छ । त्यो बोझ कसरी पूरा गर्नुहुन्छ ? कांग्रेस परिवर्तनको अवसर खेर नजाओस् ।’ 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया