ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त, सन्दीप नयाँ कप्तान

 मंसिर २९, २०७८ बुधबार १९:२३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । 

आज बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो । 

यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । 

‘नेपाल क्रिकेट सङ्घले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडी– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले आज बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पदम भट्ट्रराइ

    Dec. 15, 2021, 8:23 p.m.

    एउटा उदाहरण हेरौं - भर्खर भारतीय टीमको ख्यातिप्राप्त कप्तान विराट कोहलीको दादागिरीहेर्नुस त ...के भयो ? नेपालमा अहिलेदेखि खेलमा राजनीति...गाउँस्तरमा कति राम्रा खेलाडी छन् , उनीहरुलाई खोज्नुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया