म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पुँजीगत खर्च अर्थात् विकास बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ । सरकारी आय–व्ययको हिसाब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि मङ्सिरसम्म जम्मा ६ दशमलव ४६ प्रतिशत विकास बजेट खर्च भएको छ ।
यो वर्ष चार खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ विकास बजेट विनियोजन भएकोमा मङ्सिरसम्म जम्मा २७ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । यो जम्मा ६ दशमलव ४६ प्रतिशत हो । यस्तै गएको वर्षको तुलनामा झन्डै चार प्रतिशतले कमी हो । गएको वर्षको पहिलो पाँच महिनामा १० दशमलव १३ प्रतिशत विकास बजेट खर्च भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले योजना बनाएरै हरेक महिना झन्डै १० प्रतिशतका दरले विकास खर्च गर्ने घोषणा गरे पनि खर्चको अवस्था भने निकै कम देखिएको छ ।
यस्तै पाँच महिनामा तीन खर्ब १३ अर्ब रुपैयाँ अर्थात् ३१ दशमलव ६१ प्रतिशत चालु खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ४१ अर्ब ३० करोड रुपैयाँ अर्थात् २१ दशमलव ८ प्रतिशत रकम खर्च भएको छ ।
यस्तै कुल राजस्व सङ्कलनको लक्ष्य ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ रहेकोमा पाँच महिनामा चार खर्ब नौ अर्ब रुपैयाँ अर्थात् ३४ दशमलव ९३ प्रतिशत सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पाँच महिनामा विदेशी अनुदान शून्य रहेको छ । बजेटमार्फत सरकारले ५९ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक अनुदानको अपेक्षा गरेकोमा अहिलेसम्म वैदेशिक अनुदान प्राप्त नभएको देखिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।