बाग्लुङको काठेखोलामा जलचर जोगाउन समुदायकै सहभागिता
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको महामन्त्रीमा विजयी नजिकै पुग्नुभएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको बताउनुभएको छ । सानेपामा पत्रकारसँग कुरा गर्दै शर्माले आफ्नो जित नेपाली कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने यात्राको सुरुवात भएको बताउनुभयो ।
शर्माले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भन्नुभयाे, याे एउटा व्यक्तिकाे विजय पनि हाे, गुटकाे विजय पनि हाेइन । याे सिङ्गाे नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित गर्ने, नयाँ बिहानी सुरुवात गराउने यात्राकाे प्रारम्भ हाे ।
फरक–फरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उहाँले बताउनुभएको छ । शर्माले वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजलबाट उम्मेदवारी घोषणा गरेको र विजयी भएको घोषणा हुनेबित्तिकै सुन्दरीजल पुगेर माटोको टीका लगाएर केहि प्रतिबद्धता जनाउने पनि जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।