सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदीप पौडेलले चुनावकाे परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचन परिणाम घोषणापछि आज बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले पार्टीलाई सुदृढ र सङ्गठित बनाइ अघि बढाउने कुरामा सधैँ सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । चुनाव परिणामसँगै नेपाली कांग्रेसमा पुस्तान्तरण भएको भन्दै नेता पाैडेलले वैचारिक रूपान्तरणका लागि विजयी पदाधिकारीहरूले नेतृत्व लिने विश्वास लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, म उहाँहरूलाई सहयोग गर्ने, पार्टीलाई सुदृढ बनाउने, सङ्गठित बनाउने र अगाडि बढाउने कुरामा सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । नेपाली कांग्रेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रूपान्तरणका निम्ति साथीहरूले प्रयास गर्नुहुनेछ, नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । विधि व्यवस्थालाई कडाइका साथ लागू गरेर पार्टी चल्छ भन्ने मेरो विश्वास छ ।
नेता पाैडेलले चुनाव परिणामले पुरानो र नयाँ नेतृत्वको सम्मिश्रण पार्टीभित्र सिर्जना गराएको देखिएको भन्दै चुनावपछि पार्टीभित्र एकता निर्माण हुने परिस्थिति बन्छ भन्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Aalok Aseem
Dec. 16, 2021, 7:41 p.m.बुढाे टाउकाे तन्नेरी ज्यान अघि बढ्ने कि पछि हट्ने हेर्नुछ तानातान क्या गजबकाे पुुस्तान्तरण