सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसको मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ ।
सह–महामन्त्रीमा चार हजार ६ सय ८६ मत खसेकोमा मन्सुरले दुई हजार सात सय ७६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी वकिल शेखले नौ सय पाँच मतले कम अर्थात् एक हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
सहमहामन्त्रीमा निर्वाचित मन्सुर सभापति शेरबहादुर देउवा समूहबाट र शेख डा. शेखर कोइराला समूहबाट उम्मेदवार बन्नुभएको हो ।
समितिका अनुसार किशोरसिंहले २५७६ मत पाए भने देवराजले २५५९ मत ल्याए ।
यस्तै खस/आर्यतर्फकाे सहमहामन्त्रीमा किशाेरसिंह राठाैर विजयी हुनुभएकाे छ । राठाैरले दुई हजार पाँच सय ७६ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गर्नुभयाे । किशाेरसिंहले देउवा र देवराजले काेइराला समूहबाट उम्मेदवार बन्नुभएकाे हाे ।
कांग्रेसका आठ वटा सहमहामन्त्री पदमध्ये अब तीन वटा क्लस्टरका सहमहामन्त्रीको मतगणनाको परिणाम आउन बाँकी छ ।
यसअघि हिजाे बिहीवार सहमहामन्त्रीमा महिला खुलातर्फ डिना (महालक्ष्मी) उपाध्याय, दलिततर्फ जीवन परियार र आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।