फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित

 पुष ३, २०७८ शनिबार ८:५४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिलिपिन्समा आएको ‘राई’ समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।

आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो ।

फिलिपिन्समा बारम्बार आँधी आउने गरेको छ । वर्षमा औसत २० आँधी आउने गरेका छन् ।

यसअघि सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले मानवीय क्षति र विनाश गरेको थियो । त्यस्तै सन् २०१३ मा ६ हजार मानिसहरूको ज्यान जाने गरी ‘हैयान’ समुद्री आँधी आएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया