सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाएर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सबै क्षेत्रलाई आग्रह गर्नु भएको छ ।
शनिबार काठमाण्डौको क्षेत्रपाटीमा आयाेजित एक कार्यक्रममा बोल्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत् पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन आग्रह गर्नु भएकाे हाे । मन्त्री भुसालले विद्युतको खपत बढाएर देशको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताउनु भयो । उहाँले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताउनु भयो ।
‘आफ्नै देशको जलस्रोत हो । यसबाट उत्पादित भएको बिजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु । र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस भनेर अपिल गर्न चाहन्छु' मन्त्री भुसालले भन्नुभयो, 'भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् । अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ र यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’
मन्त्री भुसालले सरकारले विद्युत् बिक्रीका लागि भारतसँग सम्झौता गरिसकेको पनि स्मरण गराउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।