सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नु भएको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे बस्ने छ । राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुनेछन् ।
संसद् लामोसमयदेखि अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ । तर, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने बताएको छ ।
आफूले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उप–नेता सुवास नेम्वाङले बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।