दैलेखका ८ वटा ठाउँमा ४ महिनाभित्र झोलुङ्गे पुल बन्ने
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गर्नुभएको छ ।
आज सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्नुभएको हो ।
सरकार सबै नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । मन्त्री खतिवडाले पुस महिनाभित्रमै खोप लगाउनेहरूको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो आह्वान भनेको सरकार सबै नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, सबैले लगाइदिनुस् । घरदैलो अभियान चलाएर भए पनि हामीले लक्षित समूह सबैलाई खोप लगाउनुपर्छ भनेर प्रधानमन्त्रीले आह्वान गर्नुभयो । पुस महिनाभित्रमा अहिले जुन प्रतिशतको जनसङ्ख्याले खोप लगाएका छन्, त्योभन्दा धेरै प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।’
खोप केन्द्र वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न सङ्घ–संस्था, क्लबको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताउनुभयो । उहाँले अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरूले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।