युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
कास्की – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको बताउनुभएकाे छ । आज मङ्गलवार पाेखरामा आयाेजित पार्टीकाे गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
अध्यक्ष नेपालले एमाले केपी शर्मा ओलीकाे प्राइभेट कम्पनीमा रूपान्तरण भइसकेको दोहोर्याउनुभयाे । उहाँले भन्नुभयाे, ‘केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रूपान्तरण भएको कथित नेकपा (एमाले) हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ । उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिनँ भनेको छ । तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपरेको छ । रमाइलो भाछ । भनेपछि नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’
अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताउनुभयाे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपालको गरिमालाई उँचो बनाउनुरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको बताउनुभयाे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उहाँले एमालेले संसदबाट आफूहरूलाई हटाउन दबाब दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताउनुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले आइरहेका छैनन् संसद् बैठकमा । आउँछन्, नारा लगाउन सुरु गर्छन् । नारा लगाउन सिकाएको हो कि क्या हो ? नारा लगाइरहेका विषयहरू के–के छन् ? नारामा भनिएका कुरा सुन्नुस् त । नम्बर एक– संसदीय मर्यादा पालना गर । ओली गुटले मर्यादा पालना गरेको छ ? संविधानको सम्मान गर । तर गरेका छन त ? अनि नारा के लगाएको हुन्छ त भन्दा हामीले कारबाही गरेका व्यक्तिलाई यहाँबाट हटा । के कारबाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ ? हामी भन्छौँ– छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।