यातायात कार्यालयमा सेवाग्राहीलाई तानातान गर्ने नौ बिचौलिया पक्राउ

 पुष १२, २०७८ सोमबार १७:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यातायात व्यवस्था कार्यालय गुर्जुधारा

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराको यातायात व्यवस्था कार्यालयबाट शङ्कास्पद नाै जना बिचौलिया पक्राउ परेका छन् ।

लाइसेन्स, ब्लु–बुकलगायतका कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिएर छिटोछरितो काम गरिदिने आश्वासन दिएर तानातान गर्दै हैरानी बनाउने नाै जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छिटोछरितो काम गरिदिन्छु भनेर बढी दस्तुर लिएर तानातान गरेको भन्ने सेवाग्राहीको गुनासोको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tamu PP

    Dec. 27, 2021, 5:55 p.m.

    पक्राउ मात्रै ? तिन्को नाम पनि दिने भय अझ राम्रो र सबैलाइ जानाकरी हुने थियो र सतर्क हुने मौका हुनसकिन्थ्यो कि !

  •  0 Reply

तपाईको प्रतिक्रिया