युट्युबकाे सदुपयोग गर्दै वडाध्यक्षले शुरू गरेकाे च्याउखेती
माघ २, २०८१ बुधबार
काठमाण्डाै - सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ ।
आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्ने विज्ञप्तिमा भनिएको छ ।
नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व-पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।