बारी बाँझाे हुँदा आयातित वस्तु खाइरहेका छाैँ : अर्थमन्त्री शर्मा

 पुष १६, २०७८ शुक्रबार १३:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । 

आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १४ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले कृषि क्षेत्रलाई व्यवस्थित, सङ्गठित र परिचालित गरेर देशको अर्थतन्त्र निर्माणका लागि सरकारले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयाे । 

अर्थमन्त्री शर्माले किसानहरूलाई सङ्गठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराउनुभयो । उहाँले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिनुभयो ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दामात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले देश निर्माणमा किसानहरूको महत्त्वपूर्ण भूमिका छ । यसलाई अझ धेरै माथि उठाउनुपर्ने आवश्यक्ता छ । हाम्रो बारीहरू बाँझो हुँदा हामी आयातित वस्तुहरू खाइरहेका छौँ । उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रो मुख्य माध्यम भनेको कृषि नै हो । सहकारीहरूले सङ्गठित रूपमा किसानहरूलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्त्वपूर्ण योगदान गर्न सक्छन् । ’

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरू सरकारबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरू स्थापना गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूकाे भूमिका महत्त्वपूर्ण हुने विश्वास जनाउनुभयाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया