इमान बेचेर कुर्सीमा बस्दिनँ : मन्त्री आले

 पुष १६, २०७८ शुक्रबार १३:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ । 

आज शुक्रवार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री आलेले इमान बेचेर कुर्सीमा नबस्ने बताउनुभएको हो । उहाँले अहिले छानबिनका क्रममा रहनुभएका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताउनुभयो । उहाँले सीईओ रेग्मीलाई आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘अब यहाँ जाे काेहीलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो मान्छे मनमाैजी हुँदा जे पनि गर्छ । म जान्नँ भन्दा पनि जबरजस्ती बेलायत लगे । त्यहाँ गएपछि मैले मेरो देशका लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरूसहित फोरममा बोल्ने इच्छा थियो । तर सीईओ रेग्मीले केही पनि छैन बोल्ने कार्यक्रम मन्त्रीज्यू भने । त्यस्ता मान्छेलाई सीईओ बनायौँ भने संस्था चल्छ ? सदस्यहरूले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाईँ आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने, त्यस्ता सीईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । सीईओले मलाई पनि खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । चार वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म किन्छु भनेर सोच्यो होला, त्यो सपनामा पनि नसोचे हुन्छ । इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

मन्त्री आलेले आफ्नो मन्त्रालय अन्तर्गतका सङ्घ–संस्थामा विकृतिकाे चाङ भएकाले सम्हाल्नै गाह्रो भइरहेको बताउनुभयो । उहाँले पहिला 'काले काले मिलेर भाले खाए' पनि अब प्रेम आले आएकाले भ्रष्टाचार हुन नदिने बतउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया