नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज आइतवार ६० दशमलव ४१ अङ्कले बढ्दै दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ ।
आज कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर घटेको छ । आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले बढेको छ ।
आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुर्खाज फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।