विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनकाे बन्द सत्रमा पेस गर्नुभएको केन्द्रीय सदस्यहरूको सूची पारित भएको छ ।
कमलादीको प्रज्ञा भवनका चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आज आइतवार पेस गर्नुभएको सूची बन्द सत्र हलले अनुमोदन गरेको हो । अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गर्नुभएको थियो ।
दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनित रहनेछन् । केन्द्रीय सदस्यहरूले पदाधिकारी चयन गर्नेछन् । पदाधिकारीको टुङ्गो भने भोलि साेमवार मात्रै लगाउने माओवादी केन्द्रले जनाएको छ ।
सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
माओवादीको महाधिवेशन अघिल्लो आइतवार उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।