यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ

 पुष १९, २०७८ सोमबार २०:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेकाे अवस्थामा १६ जनालाई आज साेमवार पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

पक्राउ पर्नेमा काठमाण्डाैका सुबिन लामा, काठमाण्डाैकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राज भण्डारी पनि पक्राउ परेका छन् । साथै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ओखलढुङ्गाका विवेक न्यौपाने, ललितपुरका को रुद्रबहादुर महत र सिन्धुपाल्चाेकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनीहरूले सेवाग्राहीहरूलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिइ जबरजस्ती तानी अनावश्यक दुःख दिँदै सार्वजनिक स्थानमा अशान्ति मच्चाएकाे प्रहरीले बताएकाे छ । उनीहरू १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेकाे छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ashish Bishwakarma

    Jan. 3, 2022, 10:19 p.m.

    ललितपुर एकान्ताकुना मा पनि तेस्तै छ । त्यहा पनि ध्यान जानू जरुरि छ

  •  0 Reply

तपाईको प्रतिक्रिया