ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

 माघ १, २०७८ शनिबार १५:४४:१७ | एजेन्सी
unn.prixa.net

एजेन्सी – अमेरिकाले शीतकालीन ओलम्पिकअघि चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । 

बेइजिङ शीतकालीन ओलम्पिकअघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडान नहुने सम्भावना बढेको समाचार संस्था सीएनएनले जनाएको छ । बेइजिङ शीतकालीन ओलम्पिक आउँदो फेब्रुअरी ४ देखि सुरु हुँदैछ । बेइजिङले कोरोना सङक्रमण जोखिमलाई लिएर स्वास्थ्यका मापदण्ड लागू गरेको छ । अहिले ओलम्पिकमा सहभागी हुनेहरुले अहिले विशेष उडानहरू लिइरहेका छन् । 

गएको जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ । ‘सर्किट ब्रेकर’ अनुसार यदि पाँच वा बढी यात्रुले चीनमा अवतरण गर्दा जाँचपछि कोरोना परीक्षण पोजेटिभ देखिए उडान दुई हप्ताका लागि स्वचालित रूपमा निलम्बन हुन्छ । 

यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि त्यसै अनुसार बढ्छ । यो नियम चिनियाँ र विदेशी एअरलाइन्स दुवैमा समान रूपमा लागू भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले गएको अगस्टमा बताउनुभएको थियो ।
 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया