लमजुङमा सुन्तला उत्पादनमा वृद्धि हुन सकेन

 पुष २३, २०८१ मंगलबार १२:२१:४८ | रासस
unn.prixa.net

लमजुङ – लमजुङमा सुन्तला उत्पादनमा वृद्धि हुन नसकेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र कीरा लाग्ने लगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताउनुभयो । केही वर्षदेखि वर्षेनि सुन्तला उत्पादन घट्दै गए पनि गएको वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उहाँले बताउनुभयो ।

चालू आर्थिक वर्षमा चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।

गाउँशहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा वर्षेनि सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार गएको आर्थिक वर्षमा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिक टन उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया