भ्रष्टाचारका सबै काण्ड छानबिन गर्न र महँगी नियन्त्रण गर्न सरकारस...
पुस २३, २०८१ मंगलबार
भारतमा ‘सुपर–मम’ भनेर चिनिने बघिनी मरेको छ । कलरवाली नामबाट समेत चिनिने बघिनी १७ वर्षको उमेरमा मरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको मध्य प्रदेशमा रहेको पेन्च टाइगर रिजर्भको यो बघिनीले २९ वटा डमरुलाई जन्म दिएकी थिइ । उसको मृत्युपछि वन्यजन्तु प्रेमीले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले शोक सन्देश लेखेका छन् ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गलगायतले श्रद्धाञ्जली दिएका छन् ।
यो बघिनीको जन्म सन् २००५ मा पेन्च नेशनल पार्कमा भएको थियो । सन् २००८ मा पहिलो पटक उसले बच्चा जन्माएकी थिइ । सन् २००८ देखि सन् २०२१ सम्म आमा बनेकी कलरवालीबाट २९ वटा डमरु जन्मिए ।
२०२१ को जनवरीमा ३ वटा बच्चा जन्माएकी कलरवालीले सन् २०११ मा भने पाँच वटा बच्चा जन्माएकी थिइ ।
एकै पटक बाघको पाँच वटा बच्चा जन्मिनुलाई दुर्लभ मानिने पेन्च नेशनल पार्कका अधिकारीले बताएका छन् । पेन्च नेशनल पार्कमा सबैभन्दा पहिलो पटक यो बघिनीलाई रेडियो कलर लगाइएको थियो । रेडियो कलरको माध्यमबाट उसको गतिविधि नियाल्ने गरिएको थियो ।
रेडियो कलर जडानपछि उसलाई कलरवाली नामबाट चिनिने गरिएको थियो । बाघको सङ्ख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर–मम’ को ट्याग दिइएको हो । शनिवार मरेकी कलरवालीलाई अन्तिम श्रद्धाञ्जली दिन कयौँ मानिस उपस्थित भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।