भ्रष्टाचारका सबै काण्ड छानबिन गर्न र महँगी नियन्त्रण गर्न सरकारस...
पुस २३, २०८१ मंगलबार
चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा भइरहेको टकरावकाे नतिजा खतरनाक निस्कन सक्ने बताउनु भएकाे छ ।
विश्व आर्थिक मञ्चको भर्चुअल सत्रमा विशेष सम्बोधन गर्दै राष्ट्रपति सीले एक अर्काबीचको टकरावको नतिजा फलदायी नहुने टिप्पणी गर्नु भएकाे हाे ।
साथै सीले एकअर्काप्रतिको सम्मानका आधारमा मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ।
समृद्धिका लागि मतभिन्नतालाई पन्छाएर विभिन्न देश र सभ्यताको साझा आधार खोज्नु पर्ने उहाँको भनाइ छ ।
इतिहासले पनि यसको पुष्टि गरेको उहाँले बताउनु भयाे । कोरोना महामारीले सङ्कट निम्त्याउने भएकाले समस्या समाधानका लागि साझा प्रयासको खोजी गर्नुपर्ने उहाँको सुझाव छ ।
यस्तै, कोरोना महामारीका कारण विश्वकै अर्थव्यवस्था खराब हुनबाट रोक्न आर्थिक नीतिको समन्वय गर्न पनि उहाँको आह्वान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।