प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि राष्ट्र सङ्घले बलियो सन्धि गर्नुपर्ने अनुसन्धानकर्ताहरुको निष्कर्ष

 माघ ४, २०७८ मंगलबार २०:२१:७ | एजेन्सी
unn.prixa.net

प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि संयुक्त राष्ट्र सङ्घस्तरमा बलियो सन्धि आवश्यक रहेको एउटा प्रतिवेदनले जनाएको छ ।

वातारणीय अनुसन्धान एजेन्सी (ईआईए) ले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा प्लास्टिकबाट वातारणमा पुगेको क्षतिबारे प्रशस्त प्रमाणहरु रहेको भन्दै यसलाई रोक्न संयुक्त राष्ट्र सङ्घले सन्धि गर्नुपर्ने उल्लेख छ ।

प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तनको सरह रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सास फेर्ने हावा, खाने खाना, माटो तथा हिउँमा पनि प्लास्टिकका साना कणहरु रहेको भन्दै अनुसन्धानकर्ताहरुले प्लास्टिकको उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्ने बताएका बीबीसीले जनाएको छ ।

थाइल्यान्डमा प्लास्टिकजन्य फोहोर खाएपछि २० वटा हात्ती मरेका उदाहरण दिँदै प्रतिवेदनमा प्लास्टिकको गम्भीर असर देखाउने यस्ता थुप्रै घटनाहरु भएका उल्लेख छ ।

प्लास्टिकका कणहरुको कारण हिउँ पग्लिने क्रम समेत बढेको प्रतिवेदनमा भनिएको छ । प्लास्टिकको प्रयोगमा अहिलेकै अवस्था कायम रहे अबको २० वर्षमा समुद्रहरुमा प्लास्टिकको मात्रा त्यहाँ रहेका माछाको भन्दा बढी हुने चेतावनी दिइएको छ ।

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया