चिसो बढेपछि हुम्लाका विद्यार्थी हिउँमै बसेर पढ्न बाध्य
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको तुल्सिपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएको हो ।
अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डा. ज्योती सापकोटाले जानकारी दिनुभयो । एक महिना अगाडि कुमालको आँखामा मकैका कारण नानीमा चोट लागेको थियो । आँखाको नानीमा चोट लागेर औषधिले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया गरिएको डा. सापकोटाले बताउनुभयो । यस्तो शल्यक्रिया राप्तीमा पहिलो पटक भएको उहाँको भनाइ छ ।
राप्तीमा उपचार सुरु भएपछि आँखाको नानी फेर्नका लागि काठमाण्डौ वा अरु सेवा भएका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।