ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
तोकिएको समयमा चुनाव गर्नु संविधानको कार्यान्वयनसँग पनि जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको ढकालले बताउनुभयो । भेटमा प्रधानमन्त्री देउवाले संविधानको मर्मअनुसार नै चुनाव गर्नका लागि छलफल भइरहेको बताउनुभयो । प्रतिपक्षी दलले लगातार संसद् अवरोध गर्दा चुनावसहित संविधानको कार्यान्वयनसँग जोडिएका अन्य काममा समेत अफ्ठेरो भइरहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । सबै दलसँग छलफल गरेर चुनावको बारेमा छिटै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच झन्डै एक घण्टा कुराकानी भएको थियो ।
आउँदो जेठ ६ गतेअघि नै स्थानीय तहको चुनाव हुनुपर्ने भए पनि सरकारले मिति घोषणा गरेको छैन । निर्वाचन आयोग, प्रतिपक्षी दल एमाले, संविधान तथा कानुनविद् लगायतले यथाशीघ्र चुनावको मिति घोषणा गर्न माग गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।