पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ ।
जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । विशेषगरी कार्यालय जाने र आउने समयमा चाप बढ्ने गरेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिडभाड कम गर्न अनुरोध गरे पनि यात्रु भने कोचाकोच गरी यात्रा गर्न बाध्य छन् । सिटको क्षमताभन्दा धेरै चढाउने र नियम उल्लङ्घन गर्ने गाडी दैनिक रुपमा कारबाहीमा परेका छन् ।
हिजो मात्रै काठमाण्डौ उपत्यकामा जोर-बिजोर नियम उल्लङ्घन गर्ने ६ सय ८८ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुई पाङ्ग्रे ६ सय ९ र चार पाङ्ग्रे ७९ गाडी कारबाहीमा परेका हुन् ।
गृह मन्त्रालयले जोर-बिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले सङ्क्रमण रोकथामका लागि जोर-बिजोर लागू गरिएको तर भिडभाड र चहलपहल अपेक्षा अनुसार नरोकिएको बताउनुभयो ।
केही दिनमा निर्णय परिमार्जन हुनसक्ने पनि उहाँले बताउनुभयो । जोर-बिजोर प्रणाली हटाउनबारे काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिए पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छैन ।
ललितपुरका प्रमख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अन्य क्षेत्रलाई खुला गरेर यातायातमा मात्रै कडाइ गर्दा भिड भएको गुनासो आइरहेको बताउनुभयो । यसबारे थप छलफलको तयारी भइरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।