ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरुबीच मुख्य गरी पालिकाको चुनावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनुभयो । यसअघि पनि गठबन्धन दल र शीर्ष नेताबीच पालिकाको चुनावबारे छलफल भएको थियो ।
निर्वाचन आयोगले सरकारलाई पालिका तहको चुनावको मिति तोक्न ताकेता गर्दै आएको छ । तर गठबन्धनका बीचमा सहमति नजुटेका कारण सरकारले अहिलेसम्म मिति तोक्न सकेको छैन । सत्ता गठबन्धनमा ऐन संशोधन गर्ने र पालिकाको चुनाव केही पछि धकेल्नेबारे छलफल हुँदै आएको छ।
यसअघि हिजो प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।