सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फेरि सुरु

 माघ १५, २०७८ शनिबार १७:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज दोस्रो पटक फेरि सुरु भएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुनुहुन्छ । बैठकमा पालिकाको चुनावको मितिको बारेमा छलफल भइरहेको छ । आजको बैठकले मिति तय गर्ने सम्भावना रहेको छ ।  

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक पालिकाको चुनावको मिति तय गर्नेबारे केन्द्रित रहेको थियो । तर बैठकले ठोस निर्णय गर्न सकेन । थप छलफल गरी निर्णयका लागि फेरि बेलुका बैठक बस्ने भएको थियो ।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया