नेपाल र मोरिससबीचको खेलमा नेपाललाई एक गाेलकाे अग्रता

 माघ १५, २०७८ शनिबार १८:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मोरिसससँगकाे पहिलो मैत्रीपूर्ण खेलमा नेपालले एक गाेल गरेकाे छ । 

दशरथ रंगशालामा खेलको दोस्रो हाफ चलिरहँदा ५४ मिनेटमा बिमल घर्तीले गोल गरेका हुन् । पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मोरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । नेपाल र मोरिससबीच अहिलेसम्म कुनै खेल भएको थिएन । त्यसैले यो पहिलो मैत्रीपूर्ण खेल प्रतिष्ठाको विषय पनि बनेको छ ।

घरेलु मैदानमा हुन लागेको मोरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सिमित दर्शक राख्न स्वीकृति दिएकाले रंगशालाको क्षमताको एक तिहाई क्षमतामा दर्शक रंगशालामा पुगेका छन् । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मोरिससको राष्ट्रिय टिम नेपालमा छ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया