भेरी नदीमा साढे पाँच वर्षदेखि पुल निर्माण अलपत्र
मंसिर २७, २०८१ बिहिबार
दाङ - हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेकाे छ ।
बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचाे इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो ।
दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएकाे झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयाे ।
पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले गर्दा सबै कामै नलाग्ने गरी क्षति पुर्याएकाे उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इँटा झण्डै ९ देखि १५ लाखसम्मको क्षति भएको छ ।
हिउँदे वर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । विगतमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाले इँटामा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।
इँटामा ठूलो मात्रामा क्षति पुगेकाले अबको केही दिनमा इँटाको अभाव हुन सक्ने उहाँले बताउनुभयाे। अहिले जिल्लामा ३५ वटा इँटा उद्योग रहेका छन् । ती मध्ये केही इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।