विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ को हात्तीखर्क र जोगीडाँडा तथा वडा नम्बर १९ को खोलीगाउँमा पानीको समस्याका कारण स्थानीयवासीले सास्ती भोगेका छन् ।
तीन गाउँका झन्डै ३५ परिवारले बर्सेनि पानीको समस्या भोग्ने गरेका छन् । पानी नहुँदा पिउन, पकाउन, नुहाउन मात्र नभइ गाउँमा केही व्यवसाय गर्नसमेत नसकेको उनीहरूको गुनासो छ । दाङको सदमुकाम घोराही बजारदेखि नजिकैको बस्ती भए पनि खानेपानीको भरपर्दो व्यवस्था नभएको स्थानीयवासी बताउँछन् ।
गाउँमा पानी नहुँदा पिउन, पकाउने, नुहाउनेदेखि घरमा गाईभैँसी पाल्नसमेत समस्या भएको खोलीगाउँकी विष्णुकुमारी पुनले बताउनुभयो । पानीको समस्या भए पनि जनप्रतिनिधिले आफूहरूको समस्या नबुझेको उहाँको भनाइ छ ।
पानीका लागि तीन वटै गाउँमा भरपर्दो व्यवस्था छैन । त्यहाँका स्थानीयवासी झन्डै एक घण्टा तल खोल्सामा रहेको जरुवामा रहेको पानी ल्याएर मुस्किलले गुजारा चलाइरहेका छन् ।
खोलीगाउँमा खानेपानीको अभाव टार्न वडाबाट झन्डै १५ किलोमिटर टाढा खुम्बासबाट पानी ल्याइएको छ । तर त्यो पानी पनि प्रायः एक दिन बिराएर धारामा आउँछ । काम गर्दा कहिलेकाहीँ पानी भर्न पाइएन भने पानी ल्याउनकै लागि जरुवामा जानुपर्ने खोलीगाउँकी पुनले बताउनुभयो । जरुवामा पानी रहेको र एक गाग्री पानी भर्न आधा घण्टासम्म कुर्नपर्ने अवस्था रहेको उहाँ भन्नुहुन्छ ।
हिजोआज एक दिन बिराएर धारामा आउने पानी गर्मीयाममा त कहिलेकाहीँ चार दिनमा एक पटक आउने गरेको खोलीगाउँकी विष्णुकुमारी पुनले बताउनुभयो । गर्मीको समयमा खानेपानी लिन जान टाढा–टाढा पुग्रनुपर्ने बाध्यता छ । ‘पहिले गाउँको तल खोलामा धारा थियो । त्यसैमा पानी जम्मा हुन्थ्यो र सबैले खान्थ्यौँ’, उहाँले भन्नुभयो, ‘तर केही वर्षदेखि धारामा पानी आउन कम हुँदै गयो ।’
घोराही बजारदेखि नजिकै रहेको घोराही उपमहानगरपालिका वडा नम्बर १८ को हात्तीखर्कमा पनि खानेपानीको समस्या छ । यहाँ एक गाग्री खानेपानीकै लागि दैनिक एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी समीक्षा बुढामगरले बताउनुभयो ।
‘गाउँमा खानेपानीको व्यवस्था छैन, पर खोलामा धारा छ । त्यहीँ गएर पानी ल्याउने हो’, उहाँले भन्नुभयो, ‘टाढा भए पनि नगइ सुखै छैन ।’ गाउँमा खानेपानीको धारा आउने भयो रे भनेर सुन्न थालेको धेरै भए पनि अझै आउन नसकेको उहाँले बताउनुभयो । ‘गाउँमा कोही नेता आए भने खानेपानीका लागि बजेट परेको छ भन्न छोड्दैनन्’, उहाँले भन्नुभभयो, ‘तर गाउँमा खानेपानीको धारा भने आउँदैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।