पार्टीले जिम्मेवारी दिए काठमाण्डाै महानगरको मेयरमा फेरि मेराे दाबेदारी रहने छ : शाक्य

 माघ २७, २०७८ बिहीबार १३:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताउनु भएकाे छ ।

काठमाण्डाै महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेकाे श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।

उहाँले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताउनु भयाे । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै ठाउँमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताउनुभयो ।

मेयर शाक्यले भन्नुभयो, ‘म एउटा पार्टीको कार्यकर्ता हुँ । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । साथै महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । पार्टीले जसलाई जिम्मा दिए पनि काठमाण्डाै महानगरपालिकामा हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।’

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्वर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताउनुभयो । उहाँले महानगरको नीति अनुसार आउँदाे दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताउनुभयो ।

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा महानगर काठमाण्डाैको विकासमा केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयाे । उहाँले रानीपोखरीको केही काम बाँकी रहेकाले काम सम्पन्न हुनासाथ नागरिकका लागि खुला गर्ने पनि बताउनु भयो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu prasad kandel

    Feb. 10, 2022, 2:15 p.m.

    मेयर साब हजुर ले एउटा कार्यकाल चलाउनु भो राम्रो नराम्रो मुल्यांकन गरौंला !! अब कस्ट नगरी केशव जी लाई अगाडी सार्नु भयो भने हजुरको उचाइ बढने छ!!!

  •  0 Reply

तपाईको प्रतिक्रिया