एमसीसी संसदबाट अनुमाेदन गराउने विषयमा गम्भीर बनाैँ : शेखर काेइराला

 माघ २८, २०७८ शुक्रबार १७:२३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अमेरिकी सहयोग एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराउने विषयमा गम्भीर बन्नुपर्ने बताउनुभएको छ । 

आज शुक्रवार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले एमसीसीलाई सम्भव भएसम्म राजनीतिक दलहरूबीच सहमतिबाट र नभए संसदीय प्रक्रियामार्फत चाँडो निकास दिनुपर्ने बताउनुभयो । उहाँले एमसीसीमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा नलैजाने भए यसले सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्न खडा गर्ने बताउनुभयो । 

एमसीसी अब एउटा अनुदान परियोजनाको रूपमा मात्रै नरहेको भन्दै उहाँले यसमा कुटनीतिक कौशल आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने आफ्नो ठहर रहेको बताउनुभयो । 

यस्तै नेता कोइरालाले अबको चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । नेता कोइरालाले पार्टीमा योगदान दिएका क्षमतावान्, इमानदारहरूलाई भेदभाव नगरि, पूर्वाग्रह नराखी उम्मेदवार चयन गरेर चुनावमा जानुपर्ने भन्दै फागुन १० गतेभित्रै बाँकी १६ जिल्लाको पार्टी अधिवेशन गर्न पनि जोड दिनुभयो । उहाँले कांग्रेसका नेता कार्यकर्ताले रुख चिह्नमै मतदान गर्न पाउनुपर्ने भन्दै गठबन्धन गर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया