चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : लिग चरणको अन्तिम खेलमा ...
फागुन ११, २०८१ आइतबार
काठामण्डाै – क्यासिनाेका विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति पर्यटन विभागले आफ्नाे ध्यानाकर्षण भएकाे जनाएकाे हाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा यही माघ २६ गते काठमाण्डाैमा रहेको याक एन्ड यती होटलकाे क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएका विषयमा आएका समाचारप्रति विभागकाे ध्यानाकर्षण भएको हाे ।
विभागले आज एक प्रेस विज्ञप्ति निकालेर याक एन्ड यती होटलकाे नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच तारास्तरको स्तर वर्गीकरण प्रमाण रद्द गर्ने, होटेलको नाममा रहेको अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको सम्बन्धमा त्यस होटलका तर्फबाट विभिन्न सञ्चारमाध्यममा व्यक्त गरिएका भ्रामक समाचारप्रति विभागको ध्यानाकर्षण भएको विज्ञप्ति उल्लेख छ ।
सञ्चारमाध्यममा यस क्यासिनो चार वर्ष पहिले नै बन्द भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ताे छ विज्ञप्ति–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।