चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : लिग चरणको अन्तिम खेलमा ...
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देशमार्फत प्रचण्डले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले माओवादी सशस्त्र युद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताका मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध पनि गर्नुभएको छ ।
वक्तव्यमा देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा बदनाम गर्न लागिपरेको समेत उल्लेख छ । माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरेको छ ।
माओवादीले २०५२ सालमा आजकै दिनदेखि सशस्त्र सङ्घर्ष थालेको थियो । त्यसको १० वर्षपछि शान्ति प्रक्रियामार्फत माओवादी मूलधारको राजनीतिमा आयो । तर यो बीचमा माओवादी विभाजित मात्र भएको छैन, नेतृत्वमा रहेका नेताहरु पनि तितरबितर भएका छन् ।
शान्ति प्रक्रियाबाट गणतन्त्र, सङ्घीयतालगायत राजनीतिक उद्देश्य पूरा भए पनि शान्ति प्रक्रियाले पूर्णता पाएको छैन । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले प्रभावकारी काम गर्न सकेका छैनन् ।
प्रेस वक्तव्य :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।