‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले भाेलि सोमवार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले आज बिहान १० बजे सिंहदरबारमा रहेकाे संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा. पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुनुहुन्छ । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ ।
यसैबीच भाेलि साेमवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधवारका लागि सारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।