‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा केही समयदेखि देखिएको अन्योल, अराजकता र बेथिति रोक्न महाअभियोग ल्याएको बताउनुभएको छ ।
धनुषामा आज आइतवार पत्रकारसँग कुरा गर्दै प्रचण्डले न्यायालय सुधारका लागि गठबन्धन दलको सल्लाहमा प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै यसले गठबन्धनलाई अझ बलियो बनाउने बताउनुभयो ।
न्यायालयमा लामो समयदेखि देखिएको विवादको हल गर्न गठबन्धनले स्वयम् प्रधानन्यायाधीशलाई आग्रह गरे पनि त्यस्तो स्थिति नदेखिएका कारण महाअभियोग ल्याउन बाध्य भएको उहाँको भनाइ छ ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा सत्तारुढ सबै दलको सहमति रहेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘न्यायालयमा देखिएकाे अन्याेल, अराजकता र बेथिति राेक्न हामीले प्रधानन्यायाधीशविरुद्ध महाअभियाेग ल्याएका हाैँ । याे सबै राेक्न एउटा वैधानिक बाटोबाट, संवैधानिक बाटोबाट, लोकतान्त्रिक बाटोबाटै निकास दिने भनेको महाअभियोग नै हुन्थ्यो । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले दर्ता गर्याैँ । यो कारणले गठबन्धन कसरी टुट्छ ? नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा सबैको सहमतिबाट महाअभियोग लगाउने प्रस्ताव दर्ता गरिएको छ ।’
अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटक–पटक आग्रह गरेको पनि बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।