‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले जनताले न्याय पाउने कुरालाई राेक्न नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपरेको प्रारम्भिक टिप्पणी गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा देखिएको अवराेध प्रक्रियालाई सररु गराउने विशेष व्यवस्था पनि भएकाले त्यहीअनुसार पार्टीका सांसदहरूसहितले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएकाे उहाँले बताउनुभयाे । यद्यपि त्यस विषयमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको उहाँकाे भनाइ छ । बैठकमा यस विषयमा पार्टीका सांसदहरूले जानकारी गराएको तर विस्तृत छलफल भने आजकाे बैठकमा नभएको उहाँले जानकारी दिनुभयो ।
प्रवक्ता महतले भन्नुभयो, ‘महाअभियाेगकाे विषयमा पर्सि हामी प्रस्तावसहित निर्णयमा पुग्छौँ । जनताले न्याय पाउने कुरामा अवराेध हुनुहुँदैन भनेर प्रधानन्यायाधीशविरुद्ध यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ । त्यस विषयमा अरू थप छलफल पार्टीभित्र भइसकेको छैन । यसबारे फेरि अर्को बैठकमा होला ।’
हिजाे बिहीवारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय पर्सि मङ्गलवार फागुन ३ गते ३ बजे बस्ने बैठकले सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ । प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेस गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान सञ्चालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताउनुभयो । उहाँले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरू एकमत रहेको पनि बताउनुभयाे ।
प्रवक्ता महतले एमसीसी संसदबाट पारित गराउन आफ्नो पार्टीले पहल गर्ने र त्यसका लागि आवश्यक छलफल पार्टीको संसदीय दलमा पनि गर्ने निर्णय गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।